विकास बजेट आधाभन्दा बढी फ्रिज, राजस्वमा २ खर्ब ३९ अर्बको खाडल
काठमाण्डौ । सुशासन, तीव्र विकास र प्रभावकारी सरकारी खर्चको नारा दिएको सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजित विकास बजेटको आधा रकमसमेत खर्च गर्न सकेन।सरकारले पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेकामा वर्षभरि जम्मा १ खर्ब ९० अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजनको ४६.७९ प्रतिशत हो।यसअनुसार विकास आयोजना, पूर्वाधार निर्माण तथा पुँजी...

