एनपीएलमा आर्या फार्माल्याबको तीनवर्षे साझेदारी, प्रत्येक खेलमा खेलाडी र दर्शकलाई ७० हजार पुरस्कार
काठमाडौं । आर्या फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान)सँग तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ। स्थापनाको ३०औँ वर्षको अवसरमा कम्पनीले क्रिकेटमार्फत स्वास्थ्य सचेतना विस्तार गर्ने उद्देश्यसहित साझेदारी अघि बढाएको हो।

