अध्ययन भिषा सिफारिस प्रकरणमा शंकास्पद कागजात, गृह मन्त्रालयलाई छानबिनको निर्देशन
काठमाण्डौ । अध्ययन भिषा सिफारिस प्रक्रियामा नक्कली कागजात तथा शंकास्पद रसिद प्रयोग भएको आशंका थप प्रबल बनेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीर कदम अघि बढाउँदै गृह मन्त्रालयलाई औपचारिक रूपमा छानबिन गर्न पत्राचार गरेको छ। मन्त्रालयले घटनालाई प्रणालीगत कमजोरीसँग जोडेर विस्तृत अनुसन्धान र कानूनी कारबाही आवश्यक रहेको जनाएको छ।

