चेतन अयडी हत्या प्रकरणः चार वर्षपछि फैसला नजिक, बहस सकियो
काठमाण्डौ । बाजुराका अनेरास्ववियु नेता चेतनदीप अयडीको हत्या प्रकरणमा करिब चार वर्षपछि फैसला आउने चरणमा पुगेको छ।बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा बुधबार र बिहीबार लगातार भएको सुनुवाइ तथा बहस सकिएपछि मुद्दा फैसलाको चरणमा पुगेको हो।मुद्दामा २४ जना प्रतिवादी छन्। तीमध्ये ७ जना पुर्पक्षका लागि थुनामा, ११ जना धरौटीमा र ६ जना साधारण तारिखमा रहेको...

