इरान र युक्रेन युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, पुटिन नयाँदिल्लीमा
काठमाण्डौ । विश्व राजनीति एकैपटक दुई ठूला युद्धको दबाबमा रहेका बेला ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ। सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार नयाँदिल्ली आइपुगेका छन्।यसपटकको ब्रिक्स सम्मेलन सामान्य आर्थिक सहकार्यको मञ्चमा मात्र सीमित रहने देखिँदैन। इरानसहित पश्चिम एसियामा जारी द्वन्द्व, रुस–युक्रेन...

