बैंकको ऋण असुलीमा मुद्दा चलेपछि बैंकर्सको प्रश्न- ‘अब कसरी सुरक्षित भएर ऋण दिने?’
काठमाण्डौ । स्मार्ट टेलिकमलाई दिइएको ऋण असुलीसम्बन्धी विषयमा २२ जनाविरुद्ध बैंकिङ कसुर, ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि बैंकिङ क्षेत्रमा चिन्ता बढेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार साँझ जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।सरकारी वकिलले करिब साढे चार अर्ब रुपैयाँ ऋणसँग सम्बन्धित प्रकरणमा १६ अर्ब १२ करोड १७ लाख २० हजार ४२२ रुपैयाँ बिगो दाबी...

