बराह सहकारीको रकम अपचलन गर्ने ८ जना आरोपी कारागार चलान
काठमाण्डौ । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले बिहिबार यस्तो आदेश दिएको हो । १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन प्रकरणमा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दायर गरिएको छ ।पक्राउ पर्नेहरूमा जतनमाया...