मोरङको रतुवामाईमा सशस्त्र प्रहरीद्वारा २० लाख भारतीय मुद्रा नियन्त्रण
काठमाण्डौं । मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ।आइतबार राति सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले २० लाख भारतीय रुपैयाँ नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकम ५०० दरका ४० बन्डलमा रहेको थियो।

