बजेटअघि भन्सार ठप्प, नयाँ कर संरचनाको प्रतीक्षा
काठमाण्डौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही घण्टा बाँकी रहँदा देशभरका भन्सार नाकामा जाँचपास प्रक्रिया अस्थायी रूपमा रोकिएको छ । बजेटमार्फत परिवर्तन हुन सक्ने कर, भन्सार महसुल र शुल्कका नयाँ दर लागू गर्नुपर्ने भएकाले सरकारले नियमित आयात–निर्यात प्रक्रिया केही समयका लागि स्थगित गरेको हो ।

