दसैंले तान्यो २ खर्ब ४५ अर्बको आयात, असोजमै २ खर्ब ४५ अर्बको वस्तु भित्रियो
काठमाण्डौ । दसैंको चहलपहलसँगै असोज महिनामा नेपालको आयात ह्वात्तै बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा मात्रै २ खर्ब ४५ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ।चीनसँगका दुई नाका बन्द हुनुका साथै बाढीपहिरोका कारण प्रमुख राजमार्गमा आवागमन प्रभावित भएको अवस्थामा पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात र निर्यात दुवै उल्लेख्य रूपमा बढेको छ।...

