फिनटेक सहकार्यदेखि एआई प्रयोगसम्मः सिटिजन्सको डिजिटल रोडम्याप
काठमाण्डौ । पछिल्लो समय नेपाली बैंकिङ प्रणाली तीव्र रूपमा डिजिटाइजेसनतर्फ उन्मुख हुँदै गएको छ। बैंकका आधाभन्दा बढी कारोबार अहिले डिजिटल माध्यमबाट हुने गरेका छन्। उपलब्ध तथ्याङ्कले पनि बैंकहरूले डिजिटल प्रविधिको प्रयोगमा उल्लेखनीय प्रगति गरिसकेको देखाउँछ।अहिले अधिकांश बैंकहरूको कोर बैंकिङ प्रणाली डिजिटल भइसकेको छ भने ग्राहकले प्राप्त गर्ने सेवाहरूमा पनि उल्लेख्य...

