विराटनगर विमानस्थलबाट २७ लाख नगदसहित दुई पक्राउ
काठमाण्डौं । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।काठमाडौँतर्फ उडान भर्न लागेका यात्रुको सुरक्षा जाँचका क्रममा २६ लाख ९८ हजार रुपैयाँ नगदसहित दुई युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

