विगतभन्दा फरक बजेटको तयारी, खर्च नियन्त्रणदेखि उत्पादन वृद्धिसम्म प्राथमिकता
काठमाण्डौं । नेपालमा हरेक वर्षको बजेटले नयाँ प्राथमिकता, नयाँ घोषणा र नयाँ लक्ष्य बोकेर आउने गरेको छ । तर, आगामी आर्थिक वर्षको बजेट भने विगतका बजेटभन्दा केही फरक परिस्थिति, फरक दबाब र फरक अपेक्षाबीच आउन लागेको देखिन्छ ।

