बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाण्डौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेसँगै संसद् बैठकप्रति राजनीतिक र आर्थिक क्षेत्रको चासो बढेको छ ।

