तेलको मूल्य १५० डलर पुगे विश्वव्यापी मन्दी आउने चेतावती
काठमाण्डौ । यदि कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलर पुग्यो भने यसले विश्वव्यापी रुपमा नै मन्दी निम्त्याउन सक्ने बताइएको छ । विश्वको सबैभन्दा ठूलो एसेस्ट म्यानेजमेन्ट कम्पनी ‘अमेरिकी विशाल वित्तीय ब्ल्याकरक’ का संस्थापक अर्थात् प्रमुख ल्यारी फिंकले बीबीसीलाई यस्तो बताएका हुन् ।

