नेप्सेमा २४.४५ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २४ लाख ४५ हजार ३५७.९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि ७.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत...