११ जिल्लामा फैलियो बर्डफ्लू संक्रमण, लाखौँ कुखुरा र अण्डा नष्ट
काठमाण्डौ । नेपालमा पछिल्ला तीन महिनायता फैलिएको बर्डफ्लू (एच५एन१) संक्रमणले कुखुरा व्यवसायलाई गम्भीर चुनौतीमा पारेको छ। मोरङ जिल्लाबाट पहिलो पटक देखिएको संक्रमण विस्तार हुँदै हाल देशका ११ जिल्लामा पुष्टि भइसकेको छ।

