ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित
काठमाण्डौ। ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित भएका छन् । शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेवापत कँडेललाई लण्डनस्थित युनिभर्सिटी अफ ग्रीनविचले एक कार्यक्रमकोबीच सम्मान गरेको हो ।ग्रीनविचको एल्मुनाईको समारोहमा नेपाल, बेलायत, युएई तथा क्यानडाका विभिन्न समुदायलाई ग्लोबल एजुकेशनको पहुँचमा ल्याउन मदत गरेको भन्दै कँडेल सम्मानित भएका हुन् ।