छायादेवी कम्प्लेक्सविरुद्ध सम्पदा अभियन्ताको प्रदर्शन, तत्काल भत्काउन माग
काठमाण्डौं । ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै सम्पदा संरक्षण अभियानले प्रदर्शन गरेको छ।सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोललगायत अभियन्ताहरूले बिहीबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन्।

