चीन बाहेकका अन्य अधिकांश एशियाली चिप निर्माता कम्पनीको सेयरमा हरियाली
काठमाण्डौ । चीन बाहेकका अधिकांश एशियाली चिप स्टक आज वृद्धि भएका छन् । अमेरिकाले चिनियाँ चिप निर्माता कम्पनीहरुमाथि कडाई हुनसक्ने सम्भावना बढेसँगै चीनबाहेकका अन्य कम्पनीको सेयरमूल्य बढेको हो । आज ताइवान सेमिकन्डक्टरको सेयरमूल्य २.४ प्रतिशतले बढेको छ । यो कम्पनी विश्वको सबैभन्दा ठूलो चिप आपूर्तिकर्ता हो ।