सरकारलाई चुनौती दिने तयारीमा कांग्रेस, संसद् समन्वय बोर्डको पहिलो बैठक आज
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको पहिलो बैठक आज बोलाएको छ। संसद् भित्र आफ्नो भूमिकालाई अझ सुदृढ बनाउन र सरकारप्रति प्रभावकारी निगरानी बढाउने रणनीति तय गर्ने तयारीका रूपमा यो बैठकलाई हेरिएको छ।

