डोजर अभियान निरन्तर : बाराको अमलेखगञ्जमा अतिक्रमण हटाउने कार्य जारी
काठमाण्डौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज सडकखण्डमा सरकारी, वन तथा संरक्षित क्षेत्रको जग्गा अतिक्रमण हटाउने व्यापक अभियान शुक्रबार बिहानदेखि कडा सुरक्षाकाबीच शुरु भएको छ। सडक विस्तार, वन संरक्षण तथा निकुञ्ज क्षेत्रको सीमांकन कार्यलाई अघि बढाउँदै अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाउन सुरक्षा निकायलाई संयुक्तरुपमा परिचालित भएका छन्।

