ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन बिक्री, २५ लाख रुपैयाँको कारोबार
काठमाण्डौ । वागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न तीनदिने ड्रागन फ्रुट महोत्सवमा उल्लेखनीय कारोबार भएको छ। महोत्सव अवधिभर करिब १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री भई झण्डै २५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ।

