महँगीको मारमा दशैं बजारः उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत, व्यापार ५० प्रतिशतसम्म खस्कियो
–रविन ठकुरी काठमाण्डौ । दशैंको मुखमा बजारमा चहलपहल बढ्नुपर्ने बेला यस वर्ष काठमाडौंका प्रमुख व्यापारिक क्षेत्र सुनसानजस्तै देखिएका छन्। महँगी तीव्र बढ्दा उपभोक्ताको क्रयशक्ति कमजोर बनेको र त्यसको सीधा असर खुद्रा व्यापारमा परेको व्यवसायीहरू बताउँछन्। कतिपय व्यवसायीका अनुसार गत वर्षको तुलनामा कारोबार ४० देखि ५० प्रतिशतसम्म घटेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक...

