म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोलमा प्रयोग भएको बल १ करोड डलरमा बिक्री हुने अपेक्षा
काठमाण्डौ । अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाले सन् १९८६ को फिफा विश्वकपमा इंग्ल्यान्डविरुद्ध विवादास्पद ‘ह्यान्ड अफ गड’ गोल गर्न प्रयोग गरेको भनिएको फुटबल अमेरिकामा लिलामीमा राखिने भएको छ। उक्त बलबाट १ करोड अमेरिकी डलरसम्म प्राप्त हुने अपेक्षा गरिएको छ।अमेरिकाको टेक्सासस्थित हेरिटेज अक्सन्सले अगस्ट २१ देखि २३ सम्म हुने लिलामीमा उक्त बल बिक्रीका लागि...

