समयमै सडक निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का अन्त्य
काठमाण्डौ। लामो समयदेखि निर्माण कार्य अलपत्र पारेको भन्दै सडक डिभिजन कार्यालय भरतपुरले मकवानपुरस्थित शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। निर्धारित समयभित्र काम सम्पन्न नगरेपछि कार्यालयले कानूनी प्रक्रियाअनुसार ठेक्का तोड्ने निर्णय गरेको हो।सडक डिभिजन भरतपुरले सोमबार सार्वजनिक सूचना जारी गर्दै कम्पनीसँगको सम्झौता समाप्त गरिएको...

