ई–कमर्श तालिम सम्पन्न
काठमाण्डौ । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित दुईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आजको प्रविधिको युगमा उद्यमी व्यवसायीहरु प्रविधि प्रयोगमा अभ्यस्त हुन आवश्यक रहेको बताए ।बदलिँदो समयअनुसार उद्यम व्यवसायमा पनि...

