सुजुकी ई–भिटाराको बुकिङ खुल्ला, सुरुवाती मूल्य रु.४९.९९ लाख
काठमाण्डौ । नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल ‘सुजुकी ई–भिटारा’को आधिकारिक रूपमा बुकिङ खुला गरेको छ । यसको महत्वपूर्ण घोषणा बुधबार पोखरामा आयोजित वाडा अटो शोमा गरिएको हो, जहाँ कम्पनीले यसको निकै आकर्षक सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।यो विशेष सुरुवाती मूल्य सीमित अवधिका...

