स्वेज नहर नजिक इजिप्टको बन्दरगाहमा ड्रोन आक्रमण, विश्वव्यापी उर्जा आपूर्ति मार्गमा नयाँ जोखिम
काठमाण्डौ । इजिप्टको भूमध्यसागरीय बन्दरगाह दमियातामा भएको ड्रोन आक्रमणले स्वेज नहर हुँदै हुने अन्तर्राष्ट्रिय जल यातायात तथा उर्जा आपूर्ति मार्गमा नयाँ सुरक्षा जोखिम सिर्जना गरेको छ।आक्रमणका क्रममा दुईवटा ग्यास जहाजमा आगलागी भएको छ। इजिप्टको मन्त्रिपरिषद्ले बुधबार भएको घटनामा संलग्न ड्रोनको पहिचान नभएको जनाएको छ। दमियाता बन्दरगाह भूमध्यसागर र लालसागर जोड्ने स्वेज...

