एमाले सचिवालय बैठक आज गुण्डुमा, संगठनात्मक जिम्मेवारी टुंग्याउने मुख्य एजेन्डा
काठमाण्डू, पार्टीको ११औँ महाधिवेशनपछि थाँती रहेका संगठनात्मक निर्णयहरूलाई निष्कर्षमा पुर्याउने उद्देश्यसहित नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी ओलीको निजी निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक शुरु हुने बैठकमा महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि पार्टीभित्र नेताहरूको जिम्मेवारी स्पष्ट रूपमा विभाजन हुन नसकेको...

