एसियन लाइफको नाफा ५.७९ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जनमा २२ प्रतिशतको वृद्धि
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १५ करोड २५ लाख रुपैयाँको तुलनामा ५.७९ प्रतिशतले बढी हो ।

