फेसबुकको मातृ कम्पनी मेटालाई इटालीमा ८ हजार ४०० करोड रुपैयाँ जरिवाना
काठमाडौं । इटालीले सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटालाई करिब ८ हजार ४०० करोड रुपैयाँ जरिवाना गरेको छ । एन्ड्रोइड प्रयोगकर्ताका तस्बिरमा उनीहरूको स्पष्ट सहमतिबिना पहुँच बनाएको आरोपमा इटालीले मेटामाथि उक्त जरिवाना लगाएको हो ।इटालीको डेटा संरक्षण प्राधिकरणका अनुसार फेसबुक एपको एक सुविधामार्फत मेटाले प्रयोगकर्ताका तस्बिर तथा भिडियो हेर्न सक्ने व्यवस्था गरेको थियो...

