हारेर जित्ने रणनीतिः फुटबल इतिहासकै अनौठो खेल, जहाँ आफ्नै पोस्टमा गोल गर्नु बन्यो सफलताको सूत्र
काठमाण्डौ । कहिलेकाहीँ खेलका नियमहरूले टोलीहरूलाई तर्कविपरीत देखिने व्यवहार गर्न प्रेरित गर्छन् ,यहाँसम्म कि जानाजानी हार्ने प्रयास गर्न पनि।फुटबल इतिहासमा एउटा यस्तै घटना घटेको छ । यसलाई फुटबल इतिहासकै सबैभन्दा असाधारण खेलमध्ये एक मानिन्छ। तर यो खेल विश्वभरका दर्शकमाझ खेलिएको थिएन, न त कुनै विश्वचर्चित उपाधि वा प्रतिष्ठित ट्रफीका लागि नै थियो।सन् १९९४ को क्यारेबियन कप...

