गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न डीआईजीको नेतृत्वमा पाँच सदस्यीय समिति
काठमाण्डौ । गणेश नेपालीको आत्मदाह प्रयासपछि मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधिसभामा घटनाबारे जानकारी गराउँदै छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन्।

