उद्योग मन्त्रीद्वारा ग्यास उद्योगको निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकतामा राखि बिक्री वितरण गर्न निर्देशन
काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गरेकीछन्। उनले काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी हुन्। उपभोक्ताहरूले ग्याँसको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन गरेकीछन्। उद्योगीहरूले गत समयमा जस्तै अहिले पनि ग्यासको आपूर्ति...

