४१५ रुपैयाँको तेल किन्दा खुल्यो भाग्य, गौरीशंकरले जिते १० लाख
काठमाण्डौ । धनुषाका गौरीशंकर पण्डितले ४१५ रुपैयाँको तोरीको तेल खरिद गर्दा १० लाख रुपैयाँ पुरस्कार जितेका छन्।धनुषाको नगराइन नगरपालिका–९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका पण्डितले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ जितेका हुन्।पण्डितले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका थिए। उनले उक्त रकम...

