गहुँको समर्थन मूल्य बढ्यो, प्रतिक्वीन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२’ को आधारमा गहुँको नयाँ समर्थन मूल्य तोकेकी हुन्।सरकारले चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ।

