पोखरा स्ट्रिट फेस्टिभललाई स्वच्छ बनाउने अभियानमा गोर्खा ब्रुअरी–कार्ल्सबर्ग समूहको अग्रसरता
पोखरा | नेपालकै प्रमुख पर्यटन गन्तव्यमध्ये एक पोखराको पहिचान जोगाउने उद्देश्यसहित गोर्खा ब्रुअरी–कार्ल्सबर्ग समूहले २७औँ पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण प्रवर्द्धन अभियान सञ्चालन गरेको छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालिको सहकार्यमा उक्त अभियान अघि बढाइएको हो।

