हेलिकप्टरको भाडा बढ्यो, कहाँ पुग्न कति भाडा ? (सूचीसहित)
काठमाण्डौ। हेलिकप्टर कम्पनीहरूले चार्टर्ड उडानको भाडा बढाएका छन्। आगामी असोज १५ (अक्टोबर १) बाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाएका हुन्।हेलिकप्टर कम्पनीका प्रतिनिधिहरूले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौंबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडामा ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको बताएका छन्।