हिमालयन लाइफका कर्मचारीको मानवीय पहल, रसुवा बाढीपीडितलाई करिब ८ लाखको राहत सामग्री
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्।विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको...

