नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंस्थित हिल्टन होटेलमा विशेष छुट हुने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक(एनआईएमबी) लिमिटेड र हिल्टन होटेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुले फुड एण्ड बेभरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।