टी–२० विश्वकप २४ टोलीसम्म विस्तार गर्ने तयारीमा आईसीसी, दीर्घकालीन लक्ष्य ३२ राष्ट्र सहभागी गराउने
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्दै २४ टोली सहभागी गराउने तयारी अघि बढाएको छ। हाल २० टोली सहभागी हुँदै आएको प्रतियोगिता सन् २०३२ देखि २४ टोलीमा विस्तार गर्ने सम्भावना रहेको छ भने यो परिवर्तन सन् २०३० मै लागू हुन सक्ने चर्चा पनि भइरहेको छ।आईसीसीको दीर्घकालीन लक्ष्य टी–२० विश्वकपलाई ३२ राष्ट्रसम्म विस्तार गर्दै...

