नेपालमा ईभी आयात तीव्र वृद्धि, ११ महिनामा २५ अर्बभन्दा बढीको कारोबार
काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधन ९ईभी० को आयात तीव्र रूपमा बढ्दै गएको छ। चालू आर्थिक वर्षको पहिलो ११ महिनामा मात्र १० हजार ८४५ वटा ईभी भित्रिँदा कुल आयात मूल्य २५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

