कोरिया जाने श्रमिकलाई थप आर्थिक भार, भिसा शुल्क ११ हजार ३ सय पुग्यो
काठमाण्डौ । ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको छ। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्क वृद्धि भएको जनाएको हो।शाखाले सार्वजनिक सूचना जारी गर्दै नेपालस्थित कोरियन राजदूतावासको निर्णयअनुसार भिसा शुल्क बढाइएको जानकारी दिएको छ। सूचनाअनुसार यसअघि...

