लेबनानमा इजरायली हवाई आक्रमण तीव्र, बालबालिकासहित ३९ जनाको मृत्यु
काठमाण्डौं । लेबनानमा इजरायली सेनाले गरेको पछिल्लो शृङ्खलाबद्ध हवाई आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार दक्षिणी क्षेत्रहरूमा भएका आक्रमणमा बालबालिकासहित ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् ।

