एकै महिनामा भित्रिए ३ हजार युनिट ईभी गाडी, १३.०६ अर्ब राजश्व संकलन
काठमाण्डौ । जेठ महिनामा देशमा करिब ३ हजार युनिट विद्युतीय सवारी(ईभी) आयात भएको छ । यो संख्या गत वैशाख महिनाको तुलनामा ११३.६७ प्रतिशतले बढी हो । वैशाख महिनामा १ हजार ४०४ युनिट ईभी सवारी साधन आयात भएको थियो । सरकारले गत जेठ १५ गते आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधनमा १० प्रतिशत कर बढाउने निर्णय गरेको थियो । तर कर बढाउने निर्णयका बाबजुत पनि जेठमा ईभी गाडीको आयातमा...