स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डे पक्राउ
काठमाण्डौं । स्मार्ट सेलको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरिएको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। सिआइबीले लिलामी प्रक्रियामा कानूनी मापदण्ड उल्लंघन, धितो सम्पत्ति व्यवस्थापनमा अनियमितता तथा कर्जा असुली प्रक्रियामा त्रुटि भएको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ।

