नेपालका मौलिक उत्पादनलाई विश्व बजारमा चिनाउन जीआई संरक्षण बलियो बनाउन जोड
काठमाडौं। नेपालका मौलिक तथा विशिष्ट उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन बौद्धिक सम्पत्ति अधिकार र भौगोलिक संकेतक (Geographical Indications–GI) सम्बन्धी कानुनी तथा संस्थागत संरचना थप बलियो बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डायलग (आईआरजीडीडी)ले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालसँगको सहकार्यमा...

