बीमा ऐनका दफा संशोधन, प्राधिकरणमा ६ सदस्यीय संचालक समिति रहने
काठमाण्डौ । सरकारले बीमा ऐन २०७९ को केही दफाहरु संशोधन गरेको छ । सरकारले नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत बीमा ऐनमा भएका नीति तथा कानून परिवर्तन गरेको हो । अब नेपाल बीमा प्राधिकरणको संचालक समिति सदस्य ६ जना हुने व्यवस्था गरिएको छ । यसअघि संचालक समिति ५ सदस्यीय रहेकोमा सरकारले कानून संधोधन गरी ६ सदस्यीय बनाएको हो ।

