अभिकर्तालाई कमिसन बाँड्न जीवन बीमकले छुट्याए रु.६.२७ अर्ब, कुनको कति ?
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई कमिसन बाँड्न ६ अर्ब रुपैयाँ भन्दा बढी छुट्याएका छन् । चालु आवको दोस्रो त्रैमाससम्ममा १४ जीवन बीमा कम्पनीले ६ अर्ब २७ करोड ५२ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.१३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले ५ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि...